Thursday, 24, September, 2020 info@saipalnews.com

१२ सय १५ म्यानपावर काममा, अझै १५० दर्ता प्रक्रियामा

काठमाडौ । आर्थिक वर्ष ०७४\७५ मा एक हजार ७२ वटा म्यानपावरले तीन लाख २३ हजार ८८७ जनालाई वैदेशिक रोजगारीमा पठाए।

वैदेशिक रोजगार विभागका अनुसार दर्ता भएका १२ सय १५ वटा म्यानपावरमध्ये २९ वटाले काम गर्दैनन्।

आठ वटा म्यानपावरले एकजना र सात वटाले दुईजना मात्र पठाएका छन्। तीनदेखि १० जनामात्रै पठाउनेमा ६० म्यानपावर छन्। ११ देखि ५० जना पठाउने १८२ छन्। ५० देखि १०० जना पठाउने १५६ म्यानपावर छन्।

दुई हजारभन्दा बढी मान्छे पठाउने म्यानपावरको संख्या १५ वटा मात्रै छ। सबैभन्दा बढी पठाउने रिभर ओभरसिजले यो आर्थिक वर्षमा पाँच हजार ८०४ जना पठाएको छ। दर्ताका लागि आएका अरु १५० म्यानपावरका लागि फाइल वैदेशिक रोजगार विभागमा छन्। कान्तिपुर दैनिकमा खबर छ।