Monday, 20, September, 2021 info@saipalnews.com

मोबाइल हरायो ? अब अनलाइनबाटै यसरी गर्नुस् उजुरी

काठमाडौ । मोबाइल हराएर तनावमा हुनुहुन्छ? हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसमम जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको ‘इक्विपमेन्ट आइडेन्टी रजिस्ट्रर(उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सकिने व्यवस्था लागू गरेको हो।

मोबाइल हराएको छ भने ईआईआर डट एनपीमा लग इन गर्नुपर्छ। लग इन भइसकेपछि त्यसको तलपट्टि रहेको ‘साइन अप’ बटन क्लिक गर्नुपर्छ। त्यसपछि दुईवटा विकल्प उपलब्ध हुनेछ।

रातो रंगको पृष्टभूमिमा लेखिएको ‘इन्डिभिजुअल एप्लिकेसन’मा क्लिक गरेपछि यहाँ उल्लेख विवरण भर्नुपर्नेछ। विवरणमा आईएमआई, ईएसएन अथवा एमआईडी नम्बरमध्ये एक उल्लेख गर्नुपर्नेछ। गोरखापत्र दैनिकमा खबर छ।