Monday, 20, September, 2021 info@saipalnews.com

एक हप्ताभित्र भारतीय महिला आयोगद्वारा ७३ नेपाली महिलाको उद्दार

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मलिवालको नेतृत्वमा १ हप्ताभित्र ७३ जना नेपाली महिलाहरुको उद्दार भएको छ ।
नेपालबाट तेस्रो देश बेच्न दिल्ली र पहाडगन्जका विभिन्न होटलमा राखिएको अबस्थामा उद्दार गरिएको दिल्ली महिला आयोगले जनाएको छ ।

नेपाली गिरोह र भारतिय गिरोहको मिलोमतोमा नेपालबाट ठूलो सङ्ख्यामा भारतको बाटो हुँदै विभिन्न देशमा नेपाली महिलाहरु बेचिएको र अबिलम्ब उद्दारको जरुरी भएको पनी दिल्ली महिला आयोगले बताएको छ । महिला आयोगकी अध्यक्ष स्वाती मलिवालले स्थानिय टेभिजनबाट अन्तरबार्ता दिदै उद्दार गरिएका कतिपय साथीहरु श्रीलंकामा अलपत्र परिरहेको पनि बताएकी छन । उद्दार गरिएका नेपाली महिलाहरुसग उधृढ गर्दै मलिवालले बताएकी छन : “उद्दार गरिएका महिलाहरु धेरै आतिएका छन, उनिहरुका कतिपय साथीहरुलाइ अफ्रिका र खाडी मुलुकमा बेची सकिएको छ । उनिहरु अफ्रिकाको विभिन्न डान्सबार र यौन बजारमा बेचिएका छन, कतिपय सम्पर्कबिहिन छन ।”

अचम्म लाग्दो बिषय त के छ भने स्वाती मलिवाल र दिल्ली महिला आयोगले उद्दार गरिएका महिलाहरुको भिडियोसहित सार्बजनिक गरेको छ तर नेपाल सरकार र भारतस्थित नेपाली राजदुतावास बेखबर छन । दिल्ली महिला आयोगले नै भारतस्थित नेपाली दुताबासलाइ जानकारी गराइसक्दा पनि बेखबर रहनुले ठूलो गिरोहको संजाल सक्रिय रहेको पनि दिल्ली महिला आयोगले दाबी गरेको छ ।

यस्ता खाल्का घटनाहरु रोक्नका लागी होटलहरुमा सिसिटीभी क्यामरा लगाउन पनि दिल्ली महिला आयोगले स्थानिय सरकारलाइ आग्रह गरेको छ । क्यामराबाट कमसेकम गिरोहको गतिबिधी समेत नियाल्न सकिने भन्दै क्यामरा लगाउनुपर्ने मलिवालको भनाइ छ । भुकम्पबाट पिडित महिलाहरुलाइ लोभलालच देखाइ नेपालबाट समस्याको सुरुवात गर्ने गिरोहको गहिराइमा पुगी कडा कारबाही गर्नु पर्ने उन्को माग छ ।

उद्दार गरिएका महिलाहरुलाई लोभलाभ देखाइ दिल्लीसम्म ल्याउने गिरोहको बारेमा डरको कारण बताउन नचाहेको भएतापनी अनुसन्धान भैरहेको बताइएको छ । उद्दार गरिएका महिलाहरुबाट नेपालको गिरोह संजालको ठूलो खुलासा हुने पनि अनुमान गरिएको छ ।

बिशाल् बस्नेत/स्रोत: भारतिय मिडिया ।