Wednesday, 21, October, 2020 info@saipalnews.com

आफूखुसी करका दर तय नगर्न स्थानीय सरकारलाई केन्द्रीय सरकारको अनुरोध

काठमाडौ । स्थानीय तहले आफूखुसी करका दर तय नगर्न केन्द्रीय सरकारले अनुरोध गरेको छ ।

स्थानीय तहले आफैले कर उठाउने व्यवस्था संविधानले गरेपनि नागरिकलाई मार पर्नेगरी कर उठाउन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले ७ सय ५२ वटै स्थानीय तहलाई सरकारले परिपत्र गरेअनुसार नागरिकलाई अफ्ठयारो नपर्ने गरी कर उठाउन अनुरोध गर्नुभएको छ ।

स्थानीय सरकार प्रदेश र केन्द्रबीच समन्वय गरी अधिकार कार्यान्वयन गराउन संयन्त्र बनाउने सरकारको तयारी पनि रहेको छ ।