Sunday, 20, June, 2021 info@saipalnews.com

​काठमाडौंमा फ्ल्याट भाडामा लिएर यौन धन्धा

फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २८ वर्षीया प्रिया श्रेष्ठ र १८ वर्षीया मन्दिरा तामाङ तितुङ छन्। उनिहरुले युवतीहरुलाई सम्पर्कमा राख्ने, ग्राहक खोज्ने र यौन व्यवसाय सन्चालन गर्ने गरेको आरोप प्रहरीको छ।