Thursday, 29, October, 2020 info@saipalnews.com

नेकपाले पेरिसडाँडाको मुख्यालय आफ्नो बनायो, प्रचण्डले दिए दुई करोड

काठमाडौ । नेकपाले पेरिसडाँडा पार्टी कार्यालयअगाडिको बैंकमा रहेको जग्गा निखन्न थालेको छ।

पार्टी कार्यालयबाहिरको २१ आना जग्गा मध्ये साढे १३ आना जग्गा तीन साताअघि मात्रै नेकपाले निखनेको हो। जग्गा निखन्नका लागि अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरुलाई बोलाएर दुई करोड रुपैया दिएको छन् । नेकपाको पूर्वघटक माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाडाको बाँकी साढे सात आना जग्गा पनि निखन्ने प्रक्रियामा रहेको नेताहरुले बताएका छन्।

तत्कालिन माओवादीको मजदुर संगठनले पार्टीको नाममा रहेको पेरिसडाँडाको जग्गा नेताहरु गणेश रेग्मी, बाबुराम गौतम र जय कार्कीको नाममा ल्याई बैंकमार्फत ऋण लिएका थिए।

२०७० सालमा दोस्रो संविधानसभा चुनावमा खर्च गर्ने गरी पाँच वर्ष अघि लाजिम्पाटस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत २ करोड लिइएको थियाे। अन्न्पूर्ण पोष्ट दैनिकमा खबर छ।