Thursday, 24, September, 2020 info@saipalnews.com

सरकारले चार वटा बुलेटप्रुफ गाडी भाडामा ल्याउने

काठमाडौ । गृह मन्त्रालयले चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बुलेट प्रुफ गाडी र जाामर भाडामा ल्याउने भएको छ।

सुरक्षा निकायहरुसँग भएका साधन स्रोतसमेतलाई प्रयोग गर्ने गरी अपुग सवारी र जामर भारतबाट ल्याउने तयार भइरहेको व्यवस्थापन बैठकमा सहभागी एक सदस्यले बताए। प्रहरीसँग दुई वटा जामर र चार वटा बुलेटप्रफ गाडी छन्। तर, नियमित रुपमा सञ्चालनमा नरहेका कारण आपतकालीन अवस्थामा समस्या पर्नसक्ने जानकारी प्रहरीले गराइसकेको छ।

सम्मेलनका लागि २० वटा जिप, प्रतिगोटा ४० लाख पर्ने ६५० सीसीका ७४ वटा साइरन जडित मोटरसाइकल पनि किन्न प्रस्ताव गरेको समाचार कारोबार दैनिकमा छ। बिमस्टेक सम्मेलनमा सहभागी हुने भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुखका लागि भारतबाट बुलेटप्रुफ र नेटवर्ट कन्ट्रोल उपकरण (जामर) ल्याउने तयारी भइको गृहमन्त्रालयका अधिकारीले जानकारी दिए।

भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मलेनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री छिरिङ तोग्वे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति विन मिन्छ, थाइल्याण्डका प्रधानमन्त्ती प्रयुत चान ओचा सहभागी हुने जनाइएको छ। कारोबारमा खबर छ।