रुकुम । चौरजहारी–७ का वडाध्यक्ष इन्द्रलाल शर्माको नाम अति गरिबको सूचीमा छ। उनको कोटजहारी र नार्जीमा दुईवटा घर छन्।
उनको जग्गाजमिन पनि प्रशस्त छ। दुई छोरा शिक्षक छन् भने अर्का एक नगरपालिकाम अमिन छन्। सूचीमा आफ्नो नाम कसरी पर्यो उनलाई नै थाहा छैन। गरिबको सूचीमा धनीहरूको नामसमेत परेपछि नगरपालिकाले परिचयपत्र बाँड्न नै अस्वीका गरेको छ।
‘मन्त्रालयबाट आएको गरिबको सूची हास्यास्पद छ’, नगरप्रमुख विशाल शर्माले भने, ‘त्यही सूचीअनुसार परिचयपत्र बाँड्न सकिँदैन।’
यस्तै सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिकाका–४ का वडासदस्य जगतबहादुर खड्का पनि अति गरिबको सूचीमा परेका छन्। जिल्लामा उनी सम्पन्न व्यक्तिका रूपमा चिनिन्छन्। काठमाडौंमा समेत उनको घर छ। नयाँ पत्रिकामा खबर छ।