काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको खुलेको छ । उनलाई अपहरणपछि हत्या गरेर भाग्दै गरेका दुईजना सुर्यविनायकको पाइलट बाबा जङ्गलमा प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार मारिनेमा अजय तामाङ र गोपाल तामाङ रहेका छन् । हत्या भएका बालक निशानकी आमा चमेली काँडाघारीमा खाजा पसल चलाउँथिन् । सिन्धुपाल्चोक ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेशियामा रहेका छन् ।
निशान कक्षा ६ मा अध्ययनरत थिए । निशान आइतबार अपहरणमा परेका थिए चमेलीका अनुसार स्कुलबाट आएपछि निशान गोपालसँग मोबाइल किन्न गएका थिए । पेन्टिङको काम गर्ने उनी पछिल्ला केही वर्षदेखि चमेलीको पसलमा खाना तथा खाजा खाने गर्थे । आइतबारपनि उनी बियर खाएर निस्केका थिए ।
मोबाइल पसलमा छोडेर हिँडेका निशान अबेरसम्म नभेटिएपछि सोधीखोजी सुरु भयो । राति ९ बजेतिर आफूलाई फोन आएको र ४० लाख रुपैयाँ फिरौती मागेको चमेलीले जानकारी दिएकी छिन् ।
विस्तृत जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् …