Thursday, 22, October, 2020 info@saipalnews.com

नेपालको पर्यटन: विदेशी घुम्छन्, नेपाली खान्छन् : नेपालीको खर्च २५ अर्ब

काठमाडौ । नेपालमा बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढ्दै गएको र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । नेपाली पर्यटकले खानपिनमा बढी खर्च गर्ने गरेको देखिएको छ ।

सेवाप्रदायक होटेल व्यवसायीका अनुसार विदेशी पर्यटक घुमफिर गर्ने, सूचना लिने गतिविधिमा बढी खर्चिन्छन् भने नेपालीहरू खानपिनमा खर्चिन्छन् ।

त्यसरी हेर्दा ५० लाख नेपाली घुम्न निस्कँदा औसतमा एकजनाले पाँच हजार रुपैयाँ खर्चिंदा पनि वर्षमा करिब २५ अर्ब रुपैयाँ खर्च हुन्छ ।

अहिले नेपालीहरू सर्ट हाइकिङका पनि सोखिन बनेका छन् । लामो दूरीको पदयात्राभन्दा पनि होमस्टेमा जाने, चितवन, पोखरा, लुम्बिनी, काठमाडौं उपत्यकाआसपासका हाइकिङ क्षेत्रमा बढी घुम्न निस्कन्छन् ।

नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । ०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी भएको छ । ०७४ मा ५० लाख आन्तरिक पर्यटक नेपालभित्रै घुमघाम गरेको अनुमान छ ।

५० लाख आन्तरिक पर्यटकबाट २५ अर्ब रुपैयाँबराबरको आर्थिक गतिविधि भएको विश्लेषण छ । नयाँ पत्रिकामा खबर छ।