Wednesday, 21, October, 2020 info@saipalnews.com

रामप्रसाद राईलाई राष्ट्रिय विभूति मान्न सरकार सकारात्मक

काठमाडौ । २००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति मान्न सरकार सकरात्मक रहेको र सबै पक्षसँग आवश्यक परामर्श गरेर निर्णय गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

शुक्रबार रामप्रसाद राई स्मृति प्रतिष्ठान र रामप्रसाद राई फाउण्डेशन नेपालले जननायक राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै संयुक्त रुपमा बुझाएको अनुरोधपत्र बुझ्दै प्रधामन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

यसै गरी उपराष्ट्रपति नन्दकिशोर पुनलाई पनि अनुरोधपत्र बुझाइएको छ । उपराष्ट्रपति पुनले परिवर्तनका संवाहक राज्यबाट राष्ट्रिय विभूतिबाट सम्मान गरिनु पर्ने विचार व्यक्त गर्दै त्यसका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् । रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न जनस्तरबाट लामो समयदेखि माग हुँदै आइरहेको छ ।

प्रतिष्ठानकी अध्यक्ष तारादेवी राई र फाउण्डेशनकी अध्यक्ष सुष्मा राईले दुवै संस्थाका तर्फबाट
संयुक्त रुपमा प्रधानमन्त्री र उपराष्ट्रपतिलाई अनुरोधपत्र बुझाएका थिए । अध्यक्षद्वयले सरकारले राईलाई शिघ्र राष्ट्रिय विभूति घोषणा गर्न जोड दिएका थिए ।