Monday, 21, September, 2020 info@saipalnews.com

काठमाडौंको एक औषधि पसल, जहाँ पाइन्छ ५० प्रतिशत छुट

काठमाडौ । हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ। कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै।

काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि नबोली अधिकतम मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा पाइन्छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ।

डब्लुएचओ जीएमजी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको औषधिमा यो छुट पाइन्छ, वर्षौँदेखि। औषधिमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन। यहाँ न उपभोक्ताले छुट माग्छन् न त औषधि पसलेले नै घटाउँछन्। नमागीकनै औषधिमा ५० र र केही सर्जिकल सामानमा ७० प्रतिशतसम्म छुट पाइन्छ। नयाँ पत्रिकामा खबर छ।