Saturday, 05, December, 2020 info@saipalnews.com

सामाजिक सञ्जाललाई पनि कर लगाउने तयारी

काठमाडौ । सरकारले भाइबर, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरामा ल्याउने तयारी गरेको छ।

यसका लागि सरकारले विभिन्न निकायसँग छलफल सुरु गरेको छ। इन्टरनेट सेवा प्रदायक करको दायरामा आएपछि सरकारले सोसल मिडिया (सामाजिक सञ्जाल)लाई पनि करको दायरमा ल्याउन गृहकार्य थालेको छ।

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले सामाजिक सञ्जालबाट दिनहुँ धेरै रकम बाहिरिए पनि नेपालले फाइदा लिन नसकेकाले नयाँ नीतिगत व्यवस्था गर्न लागिएको जानकारी दिए।

सोसल मिडियालाई करको दायरामा ल्याउन प्राविधिक समितिमा छलफल भइरहेको आन्तरिक राजस्व विभागका प्रवक्त यज्ञप्रसाद ढुंगेलले बताए। अन्न्पूर्ण पोष्टमा खबर छ।