Tuesday, 20, October, 2020 info@saipalnews.com

सरकारलाई सजग गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल मिडिया सोसाइटीको नवनिर्वाचितकार्य समितिसँगआज बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिबद्ध रहेको धारणा राख्नुभयो । माइतीघर मण्डलाको विषयलाई लिएर केही सञ्चार माध्यमले सरकारलाई नागरिक स्वतन्त्रताविरोधी करार गर्न खोजेको पनि उहाँले आरोप लगाउनुभयो ।

केही सञ्चार माध्यमले आफ्नो दायित्वभूलेर जथाभावीगरिरहेकोमाप्रधानमन्त्रीओलीले असन्तुष्टी व्यक्तगर्नुभयो । १० वर्षमा नेपालको कायापलट गर्न सकिनेमा जोड दिदै कृषिमा आश्रित जनसङ्ख्यालाई दुई वर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौँ गुणा बढाउने सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो ।