Saturday, 19, September, 2020 info@saipalnews.com

कर वृद्धि र खर्च गर्नमा नहतारिन अर्थमन्त्रीको आग्रह

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको सुरुवाती चरणमा मात्र भएकाले पहिलो वर्षमै कर वृद्धि र खर्च गर्नमा नहतारिन आग्रह गर्नुभएको छ ।

आन्तरिक राजश्व विभागले काठमाडौँमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले राजश्वका आधार आर्थिक वृद्धि भएकाले करको दरभन्दा पनि करको दायरा बढाएर लगानीको वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिनआग्रह गर्नुभयो ।

प्रदेश, स्थानीय तह वा संघीय सरकारले कर लगाउँदा त्यसले आम नागरिकलाई न्याय दिने हुनुपर्नेमा जोड दिदै कर प्रणालीलाई प्रभावकारी बनाउन खोजिएको जानकारी दिनुभयो ।

खतिवडाले कर प्रणालीको प्रभावकारी व्यवस्थापन, राजश्व चुहावट नियन्त्रणका लागि मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अर्थसचिव डा राजन खनालले सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यका साथ कर सङ्कलन तथा व्यवस्थापनलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।