Saturday, 26, September, 2020 info@saipalnews.com

मलेशियाले नेपाली श्रमिक सम्बन्धमा छिट्टै हस्ताक्षर गर्ने

काठमाडौ । मलेशियाले नेपाली श्रमिक सम्बन्धमा छिट्टै नेपालसँग आपसी समझदारीमा हस्ताक्षर गर्ने बताएको छ ।

राजधानी क्वालालाम्पुरमा भएको एक कार्यक्रममा मलेशियाका मानव संशाधन मन्त्री एम. कुलशेगरनले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र मलेशियाबीच एमओयु गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि बताउनुभयो ।

एमओयु निर्माणमा आफूहरुले नेपाल सरकारबाट पनिसुझाब पाएको कुलशेगरनले बताउनुभयो । उहाँले एमओयुले हाल नेपाली श्रमिकलाई लिएर रहेको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

कुलेसेगरनले धेरै रोजगारदाताले नेपाली कामदार मागिरहेको बताउँदै सरकारले यसमा कुनै रोकतोक नलगाएको बताउनुभयो ।