Thursday, 24, September, 2020 info@saipalnews.com

दोहोरो करको समस्या समधान गर्न सरकारलाई निर्देशन 

काठमाडौ । संसदको अर्थ समितिले सङ्घ, प्रदेश र स्थानीय सरकारले लगाएको दोहोरो र अस्वाभाविक करको समस्या समधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डका अधिकारीहरुसँगको दुई दिनको छलफलपछि अर्थ समितिले यस्तो निर्देशन दिएको हो । एउटै आर्थिक क्रियाकलापमा विभिन्न तहले कर लगाउनु र नागरिकको कर तिर्न सक्ने क्षमता विपरित करको दर बढाउनु प्रचलित सिद्धान्त विपरित हुने निष्कर्ष समितिले निकालेको छ ।
‘दोहोरो कर र अस्वाभाविक करका दर सम्बन्धमा अध्ययन गरी समस्या सामधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । आवश्यक परे कानुन संशोधन गर्न मन्त्रिपरिषदको कार्यालयसहित सरोकारवाला निकायहरूलाई अर्को निर्देशन पनि समितिले दिएको छ ।