Thursday, 24, September, 2020 info@saipalnews.com

गाउँपालिकाको मनोमानी, समुदायको ढुंगाले वडा सदस्यको घर

सिन्धुपाल्चोक । भूकम्पले ध्वस्त भएपछि समुदायको संरक्षणमा रहेको कृषि सेवा केन्द्र जलविरेको ढुंगा बलेफी गाउँपालिकाले महिला सदस्यलाई घर बनाउन दिएको छ ।

घाइते पुनःस्थापना केन्द्र आइओमले सहकारीको भवन ठडाएपछि समुदायले रोक्दारोक्दै बलेफी गाउँपालिकाले सहकारीको ढुंगा वडा १ का सदस्य उर्मिला श्रेष्ठलाई दिएको हो । समुदायको सम्पत्तिको रुपमा रहेको भवनको ढुंगा गाउँपालिकाले मनोमानी ढंगले पत्रसहित सदस्यको घर निर्माणको लागि दिएपछि स्थानीयले विरोध गरेका छन् ।

समुदायले सुरक्षितसाथ राखेको ढुंगा एक्कासी गाउँपालिकाले पत्र काटेर महिला सदस्यलाई जिम्मा लगाएपछि गाउँपालिका र वडा कार्यालयमा सूचना दिएको स्थानीय सुनाउँछन् । बलेफी गाउँपालिकाका प्रमुख केदार क्षेत्रीले भने बर्खामा सडकको समस्याले गर्दा सापटी मात्रै दिएको बताउनुभयो ।