Monday, 21, September, 2020 info@saipalnews.com

टुंगो लाग्यो १४ जिल्लाका नेकपा अध्यक्ष, ककस्ले पाए पद ?

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १४ जिल्लाको नेतृत्व टुंगो लगाएको छ। नेकपाका पूर्वघटक पार्टीका जिल्ला नेताको जिल्ला स्तरमै बनेको कार्यदलले अहिलेसम्म १४ जिल्लाको पार्टी अध्यक्षको टुंगो लगाएका हुन्।

प्रदेश ५ का १२ वटै जिल्ला अध्यक्षको टुंगो लागको छ। मोरङ, मुस्ताङलगायत जिल्लाको पनि अध्यक्षको अन्तिम टुंगो लागेको छ। प्रदेश ५ का १२ जिल्लामध्ये सात वटामा पूर्वएमाले र पाँच वटामा पूर्वमाओवादीका नेताले अध्यको जिम्मेवारी पाएका छन्।

कर्णाली प्रदेश र प्रदेश २ मा भने पूर्वघटकले बराबरी जिल्लाको नेतृत्व बाँडफाँड गर्ने समझदारी गरेका छन्। प्रदेश १ को मोरङको जिल्ला अध्यक्षमा पूर्वएमालेले पाएको छ। अन्न्पूर्ण पोष्टमा खबर छ।