Saturday, 24, October, 2020 info@saipalnews.com

एक लाख व्यक्तिलाई रोजगारी दिने गरी नयाँ कार्यक्रम ल्याइँदै

काठमाडौ । सरकारले एक वर्षमा एक लाख व्यक्तिलाई रोजगारी दिने गरि केहि दिन भित्रै रोजगारसम्बन्धी उत्साहजनक कार्यक्रम ल्याउने तयारी थालेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् रोजगारी श्रृजना गर्न लागिएको हो । यसका लागि सातवटै प्रदेशमा रोजगार केन्द्र स्थापना गरिने मन्त्री विष्टले जानकारी दिनुभयो ।

रोजगारीको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गर्न रोजगार सम्बन्धी ऐन छिटै संशोधन गर्ने तयारीमा सरकार रहेको छ । रोजगारीको अवसर नपाएका गरीब समुदायलाई एक सय दिन रोजगारीको अवसर सिर्जना गर्ने मापदण्ड पनि सरकारले तयार पारेको मन्त्री विष्टले बताउनुभयो ।