Thursday, 01, October, 2020 info@saipalnews.com

विगतका कामको समीक्षा गरी पुनर्निर्माणका कार्ययोजना बनाइने

काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना बनाइने बताउनु भएको छ ।

पदवहालीपछि आज भएको स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रारम्भिक चरणमा पुनर्निर्माणको जग बसाल्ने काममा आफू र कर्मचारी अहोरात्र खटेको सम्झँदै स्थानीय तहमार्फत् जनतालाई परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको वर्ष बनाउने धारणा राख्नुभयो ।

अस्ति साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो।