Tuesday, 20, October, 2020 info@saipalnews.com

डाक्टरहरुले विरोधका कार्यक्रम नराखेको चिकित्सक संघको जानकारी

काठमाडौ । मुलुकी ऐनका केही प्रावधान संशोधनको माग राख्दै नेपाल चिकित्सक संघले आजदेखि गर्ने भनिएको आन्दोलन १५ दिनका लागि स्थगित गरेको छ ।

संघले१५ दिनसम्मका आन्दोलन स्थगित गरेको जनाएको छ । सरकारले लागु गर्न लागेको मुलुकी अपराध संहिताले चिकित्सकहरुलाई कैदसहितको दण्ड सजायको व्यवस्था गरेको विरोधमा संघले विरामी नजाँच्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

सङ्घले पाँच वटा बुँदा संशोधन गर्न माग गरेको छ। कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य लक्ष्मणलाल कर्णले कानुन संशोधनका लागि छलफल गर्न सकिने बताउनुभयो । समितिले अबको बैठकमा असहमति रहेका विषयमा छलफल गर्नेछ ।