Monday, 18, October, 2021 info@saipalnews.com

कोटेश्वरको नरेफाँटमा सुरु भयो रमाइलो मेला (फोटोफिचर र भिडियोसहित)

काठमाडौ । स्थानीय कला, संस्कृति संरक्षण र व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौको कोटेश्वरस्थित नरेफाँटमा प्रथम कोटेश्वर–नरेफाँट महोत्सव सुरु भएको छ।

साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म संचालन हुने महोत्सवमा रोटेपिङ्ग, रेलगाडीलगायतका दर्जन बढी खेलका स्टल रहेका छन् भने बालबालिकाका लागि मनोरञ्जनको भरपुर व्यवस्था गरिएको मेला आयोजक समितिले जनाएको छ। मेलामा दुई दर्जन बढी व्यापारिक स्टलमा खानाका विभिन्न परिकार, कपडा, आभुषणलगायतका सामग्री विक्रीका लागि राखिएका छन् ।

कोटदेवी विद्यानगर समाज सुधार समिति, वाईबी विद्यानगर क्लव, नेपाल मेला महोत्सव संघलगायतका संस्थाले आयोजना गरेको मेलाको व्यवस्थापन गोरेटो इभेन्ट ग्रुपले गरेको हो । काठमाडौ महानगरपालिका वडा नम्बर ३२ को सहयोगमा संचालनमा आएको महोत्सवको उदघाटन वडा प्रमुख नवराज पराजुलीले गरेका छन् ।

मेलामा ज्योति मगरसहित विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने मेला व्यवस्थापन समितिले जनाएको छ। मेलामा बालबालिका, किशोरकिशोरीलगायतलाई भरपुर मनोरञ्जनको व्यवस्था गरिएको बताइएको छ।