Friday, 18, June, 2021 info@saipalnews.com

फिजीमा शक्तिशाली भूकम्पको झठ्का, क्षतिको विवरण आउन बाँकी

फिजीमा ८.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। आइतबार बिहान फिजीको पूर्वी लेभुका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।

भूकम्पको क्षतिको विवरण आइसकेको छैन। शक्तिशाली भूकम्पका कारण सुनामी आउने खतरा भने नरहेको जनाएको छ। भूकम्प जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइबाट गएको हो।