Tuesday, 29, September, 2020 info@saipalnews.com

घर भत्किदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

बाजुरा । घर माथिबाट आएको पहिरोमा पुरिएर बाजुरामा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

पहिरोले पुरिएर बुढीगंगा नगरपालिका–१ कुडीका४५ वर्षिया कला परीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा च्यापिएर उहाँका श्रीमान नन्दे परी गम्भीर घाइते हुनुभएको छ । बर्षासँगै घर माथिबाट पहिरो आएको हो ।

पहिरोका कारण सोही गाउँ बस्ने सुरेन्द्र साउँदको घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।साउँदको घर भत्किएपछि सँगै जोडिएका अरु पाँच परिवार विस्थापित बनेका छन् ।

यस्तै, बडिमालिका नगरपालिका ४ रिलामानमा पनि पहिरोका कारण स्थानीय २० परिवार जोखिममा परेका वडा अध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभयो ।

यस्तै, खप्तड छेडेदह गाउँपालिका ६ का जोगी नाथ, बिर्केसे नाथ सहित चार परिवार पहिरोका कारण विस्थापित भएका छन् । बुढीनन्दा नगरपालिका–१ पीपल डालीका १४ घर परिवार पहिरो बग्न थालेपछि सुरक्षित ठाउँतर्फ गएका प्रहरीले जानकारी दिएको छ ।