Thursday, 22, October, 2020 info@saipalnews.com

भोक लाग्यो ? ‘काग्रेसको क्यान्टिन’ छ नि !

काठमाडौ । ठुलो दल नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठुलो पार्टीका हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो ।

नेत, कार्याकर्ता र शुभेचछुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ ।

नेकपाकै धेरै नेता दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरु खाजा खान होस् वा भेटघाट गर्न, कांग्रेस क्यान्टिन् पुग्छन् ।

साउन ३० गते बुधबार दिउँसो १ बजे ।
उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कंडेल खाजा खाँदै पत्रकारसँग गफिरहेका थिए । केहि समय बसेर उनीहरु आफ्नो कार्यालयतिर लागे । अन्नपूर्ण पोष्टमा खबर छ।