Saturday, 24, October, 2020 info@saipalnews.com

प्रधानमन्त्री निवासमै छैन पानीको धारा, गाडी धुन ट्यांकरको पानी

काठमाडौ । प्रधानमन्त्रीनिवास बालुवाटारमा ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा बढी खर्च भएको छ। तीन महिनाको ट्यांकरको पानीको बिल ३७ लाख उठेको हो। प्रधानन्यायाधीश र सभामुखको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख छ।

यो बिलमा पिउने पानीमा भएको खर्च जोडिएको छैन। प्रधानमन्त्रीनिवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुँदैन। ट्यांकरमा ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ।

बगैँचाका रूख–बिरुवामा पनि ट्यांकरकै पानी सिन्चित गरिन्छ ।। भएको डिप बोरिङ प्रयोग गरिँदैन। ‘भिआइपीहरूलाई ट्यांकरमा पानी पठाउँछौँ। त्यो पानी मोटरले तानेर त्यहाँका कर्मचारी गाडी, मोटरसाइकल धोइरहेका हुन्छन्। तर, हामीले केही भन्न सक्ने स्थिति हुँदैन,’ एक कर्मचारीले भने। प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी जारकै पानीले पाक्छ खाना प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ ।

तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ। पुष्पकमल दाहाल प्रचण्डको पालासम्म सामान्य जारकै पानी प्रयोग हुन्थ्यो। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बजारमा बिक्रीका लागि राखिएका पानी र दूधमा कोलिफर्म भेटिएको समाचार आएपछि अक्वा हन्ड्रेड प्रयोग गर्न थालिएको हो। नयाँ पत्रिकामा खबर छ।