Thursday, 24, September, 2020 info@saipalnews.com

धमाधम विधेयक तयार गरेर संसदमा पठाउदै सरकार, आज तीन विधेयक पेश हुने

काठमाडौ । सरकारले धमाधम विधेयक तयार गरेर संसदमा पठाउन थालेको छ ।

संविधानले आगामी असोज ३ गतेभित्र मौलिक हकसम्बन्धी सम्पूर्ण कानुन निर्माणको कल्पना गरेकाले सरकारले दु्रत गतिमा काम गरिरहेको छ । आज संसदमा थप तीनवटा विधेयक दर्ता हुने भएका छन् ।

अहिलेसम्म दुईवटा मात्रै मौलिक हकसम्बन्धी विधेयक पारित भएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभामा मौलिक अधिकारसम्बन्धी ८ वटा विधेयक दर्ता भएका छन् भने मन्त्रिपरिषद्ले अझै ८ वटा विधेयक दर्ता गर्नुपर्ने अवस्था रहेको कानुन मन्त्रालयले जनाएको छ।

आज संसदमा रोजगारीको हकसम्बन्धी, गोपनीयताको हकसबन्धी, शिक्षाकोे हकसम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ । संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा यसअघि पेश भएका विधेयक माथि छलफल जारी रहनेछ ।