Saturday, 24, October, 2020 info@saipalnews.com

सार्वजनिक पदमा बसेकाले अझै पनि सूचना लुकाउने गरेको तथ्य सार्वजनिक

काठमाडौ । सार्वजनिकपदमाबसेकाले अझै पनि सूचना लुकाउने गरेको पाइएको छ । लोकतान्त्रिक मुलुकमा सरकारी निकायबाटै सर्वधारणले आधिकारिक सूचना पाउन नसकेको राष्ट्रिय सूचना आयोगले जनाएको हो ।

पछिल्लो ४ बर्षमा सूचना लुकाईएका सम्बन्धी आयोगमा परेका ४ हजार ५ सय उजुरी मध्ये अधिकांश सरकारी निकायसँग सम्बन्धित भएको आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले जानकारी दिनुभयो ।

सार्वजनिक निकाय र महत्वका विषयमा २५ हजार भन्दा बढीको कारोबार रकम वेबसाईटमा राख्नुपर्ने बाध्यकारी व्यवस्था भए पनि सरकारबाटै कार्यान्व्यन हुन नसकेको प्रमुख आयुक्त बास्कोटाले बताउनुभयो ।

सूचना लिने सम्बन्धमा नागरिक पनि सचेत नरहेको पाईएको प्रमुख आयुक्त बास्कोटाको भनाई छ । यसैबीच आयोगले राष्ट्रिय सूचना दिवस हिजो विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भन्ने नारा सहित आयोगले ११ औँ राष्ट्रिय सूचना दिवस मनाएको हो ।