एजेन्सी। शताब्दीकै सबैभन्दा भयानक बाढीसँग जुधिरहेको भारतको केरलकालागि आइतबार राहतको दिन भयो। केरलमा यो भीषण त्रासदीकालागि विगत दश दिनमा पहिलो पटक आइतबार कुनै पनि जिल्लामा रेड अलर्ट जारी गरिएन। केरलमा आएको यो भीषण बाढीमा अहिलेसम्म ४०० जानाले ज्यान गुमाइ सकेका छन्। उद्धारकालागि यतिबेला सेनासँगै एनडीआरएफ जुटेका छन्। त्यतिमात्रै स्थानीय पनि राहत तथा उद्धारकालागि जुटिरहेका छन्।
A scene from #Thrissur in #Kerala. As some of those who were rescued found it difficult to climb onto a boat, a fisherman voluntarily kneeled down, so that they could use his back as a step. #Humanity #KeralaFlood #KeralaFloodRelief #KeralaFloods pic.twitter.com/PWZiEB9JNX
— Paul Oommen (@Paul_Oommen) August 19, 2018
यसैबीच केरलबाट एउटा भिडियो सार्वजनिक भएको छ। जसलाई देखेपछि मानिस भावुक हुन्छन्। सामाजिक संजालमा आगो जसरी फैलिरहेको यो भिडियो हेरेपछि आँखामा आँसु आउने मानिकस कमै मात्र होलान्। यतिबेला यो भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ। यो भिडियो केरलमा उद्धारका क्रममा खिचिएको हो। बाढीमा फसेका मानिसको उद्धारकालागि एउटा डुंगा उक्त स्थानमा पुग्छ। त्यहाँबाट सबैभन्दा पहिला महिला र बच्चालाई उद्धार गर्ने योजना बनाइन्छ।
डुंगा अग्लो ठाउँमा थियो। महिला र केटाकेटी डुंगामा चढ्न सकिरहेका थिएनन्। यस्तोमा उद्धारकालागि त्यहाँ पुगेका एक जवान हात खुट्टा टेकेर महिला र बच्चाकालागि सिँडी बने। त्यसपछि ती जवानको ढाडमा टेकेर महिला र बच्चा डुंगामा चढेका थिए। उद्धारमा खटिएका यी जवानको आइडियालाई यतिबेला सबैले तारिफ गरेका छन्।