Thursday, 24, September, 2020 info@saipalnews.com

यस्ता छन् संसद बैठकका आजको एजेण्डा

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज पनि सरकारले केही विधेयक पेश गर्दैछ ।

यसअघि दर्ता भएका विधेयकमा आज छलफल हुनेछ । सरकारले धमाधम मौलिक हकसँग सम्बन्धित विधेयक ल्याउन सुरु गरेको छ । हिजो दुई विधेयक दर्ता भएको संसद् सचिवालयले जनाएको छ । असोज ३ अघि नै मौलिक हकसँग सम्बन्धित विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भएकाले विधेयकमाथिको छलफल तिब्र गतिमा अघि बढेको छ ।

सरकारले गत साता मौलिक हकसँग सम्बन्धित १६ वटा विधेयक संसदमा छलफलका लागि पेस गर्ने निर्णय गरेको थियो । त्यसमध्ये प्रतिनिधिसभामा हालसम्म७ वटा विधेयक प्रस्तुत भइसकेका छन् । संसद्माहाल २० वटा विधेयक विचाराधीन अवस्थामा छन् ।

संसदको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको प्रतिनिधिसभाले केही थप विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने जनाइएको छ ।