Wednesday, 21, October, 2020 info@saipalnews.com

आफ्नो अतीतबारे आफ्ना सन्ततीलाई के भन्लिन् सनी लियोनले ?

सनी लियोनको जीवनमा आधारित ‘वेभ सिरिज’, करनजीत कौरको ट्रेलरमा एक जना पत्रकारले सोधे–कुनै बेश्या र पोर्न स्टारका बिचमा के फरक हुन्छ ? जवाफमा सनी लियोनले भनिन्–एउटा सिमिल्यारिटी हो–गट्स ।

यही गट्स अर्थात हिम्मत सनी लियोनको चाल, अनुहार र कुरामा देखियो जब उनी मुम्बईको एउटा होटलमा अन्तर्वार्ताका क्रममा मैले भेटेँ । उनले भनिन् कि करनजीत कौरका लागि पत्रकारका साथ त्यो अन्तर्वार्ताको दृष्य छायाँकन गर्नु निकै कठिन थियो ।

सनी लियोनले भनिन्–मलाई निकै असहज लागिरहेको थियो किनभने त्यो निकै भद्दा प्रश्न थियो । तर हामीले त्यसलाई राख्यौ किनभने यो प्रश्न आम दर्शकको मनमा हुने गर्दछ र म त्यसको जवाफ दिन चाहन्थेँ ।

सनी लियोन विगत पाँच वर्षदेखि भारतमा सबैभन्दा बढी ‘गुगल’मा खोजी गरिने नाम हो । मानिसहरु उनलाई हेर्न चाहन्छन्, उनका बारेमा थाहा पाउन चाहन्छन् तर निकै हदसम्म उनका बारेमा आफ्नो राय पहिला नै बनाइसकेका हुन्छन् ।

सनी मान्दछिन् कि उनका बारेमा एक प्रकारको राय बन्नुको कारण उनी स्वयम हुन् । ‘म आफ्नो सोच र आफ्नो जिन्दगीलाई लिएर एकदम पारदर्शी छु । तर मानिसहरु मलाई मेरो विगत पेशासँग जोडेर नै हेर्दछन् । त्यसमा उनीहरुको कुनै गल्ती पनि छैन । तर समयका साथै म पनि परिवर्तन भएकी छु र आशा छ दर्शकहरुले पनि मेरो व्यक्तित्वमा भएको यो परिवर्तन बुझ्ने छन् ।

उनले हलिउडमा ‘आइटम नम्बर’ भनिने गीतपछि अब चलचित्रमा सबै भूमिका निर्वाह गरिकेकी छन् । हालै उनको आफ्नै परफ्युम ‘द लस्ट’ पनि सार्वजनिक भइसकेको छ। मैले सोधेँ कि यो नामले पनि त उनकै विशेष छविलाई नै अगाडि बढाउने छ ?

उनले अस्वीकार गरिन् र भनिन् कि यति सानो उमेरमा आफ्नो नामको परफ्युम हुने कुनै पनि युवतीका लागि सपनाजस्तै हो र जब त्यो सत्य सावित भयो तब मलाई यही नाम मन प-यो । सनीको भनाइ थियो–बाँकी परफ्युम ब्राण्ड पनि त यस्तै नाम राख्दछन्, जस्तै सिडक्शन वा फेयर एण्ड आइस ।

‘करनजीत कौर’ सनी लियोनको वास्तविक नाम हो । उनको जीवनमा आधारित भएर बनेको वेभ सिरिजलाई यो नाम दिएकोमा शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले विरोध गरेको थियो । र भनेको थियो कि ‘कौर’ नाम सिध धर्ममा निकै महत्व राख्दछ, जबकि सनीको काम पोर्नसँग जोडिएको थियो ।

सनी लियोनसँग जब मैले यो प्रश्न सोधेँ तब उनले भनिन् कि यो नाम उनको पासपोर्टमा छ। उनका आमाबाबुले उनलाई दिएका थिए, जो अहिले यो विषयमा स्पष्टिकरण दिन यो संसारमा छैनन् । उनले भनिन्–त्यसै पनि मेरो वास्तविक नाम करनजीत कौर हो, र मात्र मेरो कामका नाम सनी लियोन हो ।

पोर्न उद्योगमा आफूले गरेको कामका विषयमा सनीले कहिल्यै लज्जाबोध गरिनन् । त्यस दिन पनि उनले भनिन् कि यो उनको रुची थियो । भारतमा निजी रुपमा हेरिने पोर्नमा कुनै प्रतिबन्ध छैन तर पोर्न भिडियो, तस्वीर आदि बनाउन वा वितरण गर्नु गैरकानुनी मानिन्छ ।

संसारको सबैभन्दा ठुलो पोर्न वेभसाइट ‘पोर्नहब’ का अनुसार अमेरिका, बेलायत र क्यानडापछि भारतमा सबैभन्दा बढी पोर्न हेर्ने गरिन्छ । त्यसो भए के भारतमा पनि पोर्न उद्योग हुनु आवश्यक छ ?

यो प्रश्नको उत्तर दिन सनी लियोन केहीबेरका लागि पनि हिच्किचाइनन्, भनिन्–यो मेरो निर्णय होइन, भारत सरकार र यहाँका नागरिकको हो ।

तर के यस्तो उद्योग हुँदा यौन सम्बन्धको बारेमा सहजता र खुलापन होला ? अमेरिकाको उनको अनुभवले के भन्छ ?

जवाफमा सनी लियोनले भनिन् कि यो न्र्णिय विल्कुल अप्रिय थियो । तैपनि उनी मान्दछिन् कि उनलाई एउटा निकै स्वतन्त्र विचार राख्ने युवतीका रुपमा हुर्काइयो, जसका कारण उनी आफ्नो आमाबाबुलाई इज्जत पनि गर्दछिन् । र, आफ्नो रुचीको निर्णय पनि लिन सकिन् ।

अब सनीका आफ्ना सन्तान छन् । उनले एउटी छोरी अपनाएकी छन् र सेरोगेसीबाट दुई छोरा छन् । के उनीहरुलाई उनीहरुको जीवनको स्वतन्त्र निर्णय गर्ने स्वतन्त्रता दिन सक्लिन् ? सनीले भनिन् –निश्चय नै, म चाहन्छु कि उनीहरुले उचाई छुन सकुन्, मार्ससम्म जाउन् तर उनीहरुको निर्णय र बाटो उनीहरुको आफ्नै हुनेछ ।

मेरो अन्तिम प्रश्न शायद सबैभन्दा कठिन थियो । त्यो सनी लियोनका बारेमा त थियो नै तर शायद त्यसको जवाफ करनजीत कौरले दिनुपर्ने थियो । के तपाई आफ्नो विगतको पेसाका बारेमा आफ्नो सन्तानलाई बुझाउन सक्नु होला ?

सनीलाई यो प्रश्न राम्रो त लागेन । तैपनि यो प्रश्नले उनको मनलाई नचिमोटोस त्यस्तो पनि भएन । आफ्नो जीवनमा उनले जुनसुकै निर्णय लिइन् त्यसको कारणबाट आम नागरिकमा बनेको बुझाई र धारणाहरुका साथ बाँच्नु सहज छैन । तर, त्यही ‘गट्स’ का साथ उनले भनिन् कि तत्कालका लागि यो उनको सरोकारको विषय होइन । उनको मनमा लामो समयदेखि आमा बन्ने चाहना थियो अहिले उनी त्यही अनुभवको हरपल रस लिइरहेकीछन् । तर भनिन्–जब समय आउनेछ तब म यति अवश्य भन्नेछु कि आफ्नो पक्षको वास्तविकता आफ्नो सन्तानसामु राख्न सकियोस् । बीबीसी हिन्दीका लागि बीबीसी सम्वाददाता दिव्या आर्यले गरेको कुराकानीमा आधारित ।