Thursday, 22, April, 2021 info@saipalnews.com

विदेशमा कोमामा रहेका २२ नेपाली कामदार फर्काइँदै

काठमाडौ । वैदेशिक रोजगारीका क्रममा गम्भीर बिरामी भई अस्पतालको कोमामा रहेका २२ नेपालीलाई सरकारले स्वदेश फर्काउने तयारी गरेको छ।

कतारमा ११, साउदी अरबमा पाँच, बहराइन र युएईमा दुई दुई जना नेपाली श्रमिक अचेत अवस्थामा जीवनमरणको दोसाँधमा छन्। कोमामा रहेकामध्ये दुई जनाको परिवारसँग सम्पर्क छैन भने ठेगाना पनि नखुलेको समाचार छ।

कोही सात वर्षदेखि कोमामा छन्। दुर्घटना तथा रोग लागेर नेपाली श्रमिक कोमा पुगेका हुन्। स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउने पहल भइरहेको बताइन्।

उनले भनिन्, ‘तत्काल दुई जनालाई नेपाल ल्याउने प्रयास भइरहेको छ।’ उनीहरुको उपचारमा सम्बन्धित मुलुकका नेपाली दूतावासले सहयोग गरिरहेको परराष्ट्र मन्त्तालयले जनाएको छ। अन्नपूर्ण पोष्टमा खबर छ।