Friday, 25, September, 2020 info@saipalnews.com

कसैले खान पाएन ? खान नपाउनेलाई अब सरकारले खान दिने

काठमाडौ । सरकारले खाद्य तथा खाद्य सम्प्रभूताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयय खाद्य अधिकार सम्बन्धी ऐन, २०७५ संसदमा पेश गरेको छ ।

विधेययकमा हरेक नागरिकलाई विना भेदभाव गूणस्तरीय खाद्यमा पहुच पुराउने, भोकै रहनुपर्ने अवस्था नआउने, खानाको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित रहने विषय उल्लेख छ ।

विधेययकमा खाद्य असुरक्षाको जोखिममा रहेका घर परिवारको पहिचान गरि खाद्य साहायता परिचयपत्र वितरण गर्ने उल्लेख छ । यस्तै विधेययक लागू भएमा नफल्ने बीउविजन सिफारिस गर्ने संस्था, निकाय र कम्पनीले कृषकलाई क्षतिपूर्ति तिर्नुपर्ने छ ।

ऐनमा कसैको सिफारिसमा किसानले रोपेको बीउमा फल नलागेमा सोही बराबरको क्षति पाउने उल्लेख छ ।