Sunday, 13, June, 2021 info@saipalnews.com

पूर्वको इटहरीका खप्तडी बस्नेत युवा समाजको स्वास्थ्य शिविरबाट विरामीहरु लाभान्वित

खप्तडी बस्नेत युवा समाज पूर्वाञ्चलले शुस्वास्थ्य हस्पिटल, मिनभवन , काठमाडौंको प्राविधिक सहयोगमा ३ दिने इटहरीमा नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविर साउन २६ , २७ र २८ गते का दिन इटहरीस्थित लाइन्स सामुदायिक भवन , इटहरीमा सम्पन्न भएको थियो । स्वास्थ्य शिविर कार्यक्रम को उद्घाटन प्रदेश सभा सदस्य सांसदद्धय माननीय उत्तम बस्नेत , लिलम बस्नेत र इटहरी उपमहानगरपालिका मेयर द्धारिकालाल चौधरीले गर्नुभएको थियो । नि : शुल्क स्वास्थ्य शिविरमा नसा सम्बन्धित रोगहरु कम्मर दुख्ने , गर्धन दुख्ने , घुँडा दुख्ने , हड्डी खिईएको , प्यारालाईसिस , माईग्रेन र पिनासको उपचारमा विभिन्न आयुर्वेद , फिजियो थेरापी , प्राकृतिक चिकित्सा र अकुपञ्चर थेरापीहरुको प्रयोगद्धारा उपचार गरिएको थियो ।

उक्त शिविरमा पूर्वाञ्चलका विभिन्न ठाउँहरुबाट उत्साहजनक रुपमा बिरामीहरुको उपस्थिति रहेको, र स्वास्थ्य शिविर दैनिक बिहान ८ बजे देखि बेलुका ३ बजेसम्म भएकाले तीन दिनमा ५ सयभन्दा बढीले स्वास्थ्य सेवा लिएको समाजका अध्यक्ष समनसिंह बस्नेत ले जानकारी दिनु भयो, ।

उक्त शिविरमा बिशेषगरी कम्मर दुख्ने, गर्धन दुख्ने, घुँडा दुख्ने बिरामीहरु बढी मात्रमा आएको कुरा शुस्वास्थ हस्पिटल का निर्देशक अकुपञ्चरिष्ठ सुदर्शन बस्नेतले बताउनुभयो । कार्यक्रमको उद्धघाटन सत्रमा उपस्थित अतिथि प्रदेश सभा सदस्य सांसद लिलम बस्नेतले यस किसिमको स्वास्थ्य शिविर युवा भाईहरुले आयोजना गरेर इटहरीबासीलाई स्वास्थ्य सेवामुलक कार्य गरेकोमा आयोजक युवा समाजका भाईहरुलाई हार्दिक बधाई तथा कार्यक्रम को सफलताको शुभकामना दिनु भएको थियो ।

यसैगरी अर्का अतिथि प्रदेश सभा सदस्य उत्तम बस्नेतले स्वास्थ्य शिविर सुगम ठाउँमा भन्दा दुर्गम दुरदराजका ग्रामीण भेगमा पनि गरी दिए अझ राम्रो हुने बताउनुभयो । साथै आफु निर्वाचित क्षेत्र सोलुखुम्बुमा शिविर संञ्चालनका लागि आफुले जस्तोसुकै सहयोग गर्न तयार रहेको र आयोजक पूर्वाञ्चल खप्तडी बस्नेत युवा समाजको कार्य क्षेत्र अन्तर्गत नै सोलुखुम्बु जिल्ला पर्ने भएकाले आगामी स्वास्थ्य शिविरका कार्यक्रमहरु सोलुखुम्बु जिल्लामा पनि गर्न अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सांसदद्धयले स्वास्थ्य शिविरको स्थलगत निरिक्षण समेत गर्नु भएको थियो ।

यसैगरी युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नम्बर १ का इञ्चार्ज समेत रहनु भएको पर्शुराम बस्नेतले पनि स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गराउनुका साथै स्वास्थ्य शिविरको अवलोकन गरी युवाहरुले यस किसिमको रचनात्मक काम गरेकोका मुक्तकण्ठले प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त ३ दिन सञ्चालित स्वास्थ्य शिविरको अन्तिम समापनका दिन प्राविधिक सहयोग गर्नु हुने शुस्वास्थ्य हस्पिटल र हस्पिटलका निर्देशक अकुपञ्चरिष्ठ सुदर्शन बस्नेत एवम् डा. प्रार्थी गुरुवाचार्य , डा. एलिना श्रेष्ठ ,भावना थापा , प्रतिमा गिरी , गिता रिजाल लगायतलाई वंशावली समितिका केन्द्रीय अध्यक्ष शिवबहादुर बस्नेतबाट सम्मान गरिएको थियो ।

यसरी खप्तडी बस्नेत युवा समाज पूर्वाञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गत का स्वास्थ्य शिविर , रक्तदान , दैवीप्रकोपमा राहत वितरण, आर्थिक अवस्था कमजोर भएका बन्धुहरुको उपचारका लागि आर्थिक सहयोग संकलन लागयतका कार्यहरु गर्दै आएको समाजका अध्यक्ष समन सिंह बस्नेतले बताउनुभयो ।