Sunday, 25, October, 2020 info@saipalnews.com

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने

काठमाडौ । संवैधानिक परिषदको बैठक आज बस्दैछ । प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गर्नुभएको हो ।

बैठक दिउँसो ४ बजे बोलाइएको छ । यसअघि परिषदले दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । तर संसदीय सुनुवाई विशेष समितिले जोशीलाई अस्वीकृत गरेपछि फेरि नयाँ नाम सिफारिस गर्नुपर्ने भएको छ ।

आज बस्ने परिषदको बैठकमा प्रधानमन्त्री ओलीले कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम प्रस्ताव गर्ने तयारी छ । जोशीलाई अस्वीकृत गर्दा नै आपत्ति जनाएको कांग्रेसले उहाँकै नाम पठाउनुपर्ने तर्क गरिरहेको छ । बरिष्ठ न्यायाधीश जोशी अहिले विदामा हुनुहुन्छ ।