Saturday, 23, January, 2021 info@saipalnews.com

१० गतेभित्र सबै स्वास्थ्य संस्थामा करारमा कर्मचारी नियुक्त गरिसकिने

काठमाडौ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले भदौ १० गतेभित्र सबै स्वास्थ्य संस्थामा करारमा कर्मचारी नियुक्त गरिसक्ने जनाएको छ ।

झन्डै २ महिना अघि करारको लागि आवेदन खुलाएको मन्त्रालयले करारका लागि छनौट भएका कर्मचारीलाई १० भदौ भित्र पठाइसक्ने मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदले बताउनुभयो ।

हाल देशभरका अधिकांश स्वास्थ्य संस्थामा भएका दरबन्दीअनुसार चिकित्सक छैनन् भने बिरामीअनुसार चिकित्सक र नर्सको संख्या अपुग हुँदा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भइरहेको छ ।

देशभर रहेको ४ हजार भन्दा बढी स्वास्थ्य संस्थामा ६ हजार भन्दा बढी चिकित्सक र १० हजार भन्दा बढि नर्सहरु अपुग छन् ।