Thursday, 01, October, 2020 info@saipalnews.com

संसदमा आज हिंसाविरुद्धको संकल्प प्रस्ताव पेश हुने

काठमाडौ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आज बस्ने बैठकमा लैंङ्गिक हिंसा विरुद्धको संकल्प प्रस्ताव पेश हुने भएको छ ।

प्रस्तावमा महिलामाथि देशव्यापी रुपमा भएको सबै प्रकारका हिंसा, शोषण, विभेद विरुद्ध जनप्रतिनिधिहरु एकातावद्ध भई अभियानकै रुपमा लाग्ने संकल्प गरिएको छ ।

त्यस्तै महिलामाथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधिहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न र पीडितहरुको उपचार, क्षतिपूर्ति एवं सामाजिक पुनर्स्थापनाको लागि यथोचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिने पनि उल्लेख गरिएको छ ।

संसदमा अरु विधेयकमाथि पनि छलफल हुनेछ । बैठक आजबिहान ११ बजे बोलाइएको छ ।