Thursday, 29, October, 2020 info@saipalnews.com

प्रधानन्यायाधीशका लागि आज मिश्रको नाम संसदीय समितिमा पठाइने

काठमाडौ । संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम आज सुनुवाईका लागि संसदीय समितिमा पठाउने भएको छ ।

हिजो संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । बैठकले कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम प्रस्तावित प्रधानन्यायाधीशका रुपमा संसदीय सुनुवाई समितिमा पठाउने निर्णय गरेको परिषद् सदस्य कानून, न्यायतथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

अघिल्लो सिफारिस संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मिश्रको नाम सिफारिस गरेको हो ।

संसदीय समितिबाट अस्वीकृत वरिष्ठतम न्यायाधीश दीपकराज जोशी राजीनामा नदिई विदामा बसेपछि मिश्रले अहिले सर्वोच्चको नेतृत्व सम्हाल्दै आउनु भएको छ । संसदीय समितिले सुनुवाईका लागि उजुरी आह्वान गर्नेछ । त्यसका आधारमा छानविन गरेर नियुक्तिका लागि सिफारिस गर्नेछ ।