Tuesday, 24, May, 2022 info@saipalnews.com

सरकारले भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने

काठमाडौ । सरकारले भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने तयारी गरेको छ।

भूमिहीन दलितलाई एक पटकका लागि जग्गा दिन भूमि सम्बन्धि ऐन २०२१ संशोधन गर्न लागेको हो। संविधानको धारा ४० को उपधारा ५ मा राज्यले भूमिहीन दलितलाई एकपटकका लागि जग्गा दिनुपर्ने व्यवस्था रहेको छ।

संसद सचिवालयमा भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिन दिने सम्बन्धि संशोधन दर्ता गराएको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुुभयो । उहाँका अनुसार केही मापदण्ड बनाएर सरकारले जग्गाउ पलब्ध गराउनेछ ।