Thursday, 25, February, 2021 info@saipalnews.com

नयाँ कानुनले यसरी बढाउन सक्छ गुणस्तरहीन अौषधिको बिगबिगी

काठमाडौ । चिकित्सकले कमिसनको लोभमा ‘ब्राण्ड नेम’का आधारमा कुनै एउटा मात्र कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन्। यसो गर्दा औषधि महंगो हुने ठानिन्थ्यो।

तर अहिले औषधि ‘प्रेस्क्राइप’ गर्दा चिकित्सकले जेनेरिक नाम लेख्नुपर्ने कानुनी व्यवस्था ल्याइँदै छ। अब फेरि फार्मेसीले कमिसनको लोभमा गुणस्तरहीन औषधि बेच्नसक्ने देखिएको छ।

औषधि व्यवस्था विभागले भने औषधिको जेनेरिक नाम लेख्दा उपभोक्तालाई औषधि धेरै सस्तोमा बेच्न सकिने जनाएको छ। तर, व्यवसायीहरूले जेनेरिक नाममा जुन कम्पनीले फार्मेसीलाई बढी कमिसन दिन्छ त्यही मात्र बेच्ने भएकाले बिरामी गुणस्तरहीन औषधि सेवन गर्न आशंका गरिएको छ।

औषधिको जेनेरिक नाममा फार्मेसीले जुनसुकै कम्पनीको औषधि दिनसक्ने भएकाले बिरामी निको हुन समस्या हुने उत्पादकहरू बताउँछन्।
गोरखापत्र दैनिकमा खबर छ ।