Tuesday, 29, September, 2020 info@saipalnews.com

विम्स्टेक सम्मेलनका लागि राजधानीमा यस्तो छ सुरक्षा तयारी

काठमाडौ । सरकारले बिम्स्टेक सम्मेलनमा आउने राष्ट्र प्रमुखहरुको सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा बनाएको छ।

भदौ १४ र १५ गते हुने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ तोग्वे आउँदैछन्।

सुरक्षा व्यवस्थापनका लागि महानगरीय प्रहरी नायव महानिरीक्षक (डिआइजी) मनोज नेउपानेको संयोजकत्वमा समिति बनाई परिचान र व्यवस्थापनका बाँडफाँडबारे काम भइरहेको छ।

राष्ट्रप्रमुखहरुको सुरक्षाका पहिरो घेराको नेतृत्व नेपाली सेनाले गर्नेछ। दोस्रो घेरामा पैहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीसँगै राष्ट्रिय अनुसन्धान विभागलाई खटाउनजे तयारी सरकारको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।