काठमाडौ । काठमाडौंसहित देशका विभिन्न ठाउँमा आज बिहानैदेखि भारी वर्षा भएको छ ।
राती हल्का वर्षा भएको काठमाडौंमा बिहानदेखि भने भारी वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरी मौसम बदली भइ धेरै ठाउँमा वर्षा हुनेछ ।
मध्य र पश्चिम क्षेत्रमा आज भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । उहाँका अनुसार राती पश्चिमको केही ठाउँमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ ।
भोलिसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने र पर्सीबाट भने यो क्रम रोकिने उहाँको भनाइ छ ।