Saturday, 24, October, 2020 info@saipalnews.com

‘बलात्कारीलाई खसी बनाउनुपर्छ’ (भिडियोसहित)

काठमाडौँ। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषयलाई लिएर अहिले सदनदेखि सडकसम्म तातेको छ। समाजिक सञ्जाल फेसबुक र ट्विटरमा पनि यस घटनाको चर्को विरोध भइरहेको छ।

बालिका पन्तलाई न्यायको मागसहित शनिबार आयोजित विरोध प्रर्दशनमा भेटिइन् साझा विवेकशीलकी सदस्य रञ्जु दर्शना।

बलात्कारीलाई फाँसी दिनुपर्ने माग उठिरहेको बेला उनले बलात्कारीलाई फाँसी दिन नहुने बताइन् ।

आफू व्यक्तिगत रुपमा बलात्कारीलाई फाँसी दिने कुराको पक्षधर नभएको भन्दै उनले भनिन्, ‘बलात्कारीलाई खसी बनाइनुपर्छ । मलाई यसको मेडिकल र अङ्ग्रेजी टर्म ठ्याक्कै आएन । एउटा सिरिन्ज हुन्छ । जुन हालेपनि बलात्कारीमा उत्तेजना हुँदैन ।’