कञ्चनपुर। कञ्चनपुरमा लगाइएको कर्फ्यु आज दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ ।
बिहान ५ बजेसम्म कायम रहेका कर्फ्यु ५ बजेदेखि दिउँसो १२ बजेसम्म हटाइएको हो । कञ्चनपुरका प्रहरी उपरीक्षक कुँवेरसिंह कडायतले ५ बजेदेखि १२ बजेसम्म हटाइने र अर्को आदेश नआएसम्म १२ बजेदेखि फेरि जारी रहने बताउनुभयो ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाका १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको महिना दिन पुग्न लाग्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको विरोधमा प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले त्यहाँ कर्फ्यु आदेश जारी गरेको हो ।