Friday, 27, November, 2020 info@saipalnews.com

पश्चिम सेतीबारे छलफल गर्न चिनियाँ टोली नेपाल आउँदै

काठमाडौ । पश्चिम सेती आयोजनाका विषयमा अन्तिम निर्णय गर्न चिनियाँ टोली आज नेपाल आउँदैछ ।

परियोजनाका विषयमा विस्तृत छलफल गर्न चिनियाँ कम्पनी चाइना थ्री–गर्जेज इन्टरनेसनलको टोली नेपाल आउन लागेको हो ।

टोलीले भोलि नेपाली प्रतिनिधिमण्डलसँग छलफल गर्नेछ । लगानी बोर्डको संयोजनमा हुने छलफलमा सरकारका उच्च अधिकारीको पनि सहभागिता रहनेछ ।

बहुचर्चित सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना चिनियाँ कम्पनीले बनाउने कि स्वदेशी लगानीमा निर्माण गर्ने भन्ने अन्योल भइरहेको बेला लगानीबोर्डले चिनियाँ कम्पनीलाई अन्तिम मौका दिने भन्दै यसअघि पत्र लेखेको थियो ।

चिनियाँ कम्पनीले बनाउने सहमति जनाइसकेको छ ।आज आउने उच्चस्तरीय वार्ता टोलीले सबै प्रक्रिया, समय, लागतका विषयमा छलफल गर्नेछ ।