Tuesday, 01, December, 2020 info@saipalnews.com

डुङ्गा दुर्घटनामा हराएका दूई जनाको शव फेला, तीन जना अझैँ बेपत्ता

रौतहट । रौतहटको गौर नगरपालिकाको टिकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परेकामध्ये दुई जनाको शव फेला परेको छ ।

हिजो भारतको शिवहर जिल्ला बेलवा घाटमा ३५ वर्षका रुना पटेल र ५५ वर्षका शान्ति देवीको शव फेला परेको हो । डुङ्गा सहायक चालक ओम प्रकाश चन्द्रवंशी, इन्दु देवी पटेल र उष्मा पटेल भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । खोजीतथा उद्दार कार्य अन्तरगतअहिलेसम्म २४ जनालाई उद्धार गरिएको छ ।

पानीको वेगले अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो । घटनास्थलमा सुरक्षा टोलीसहित स्थानीयले खोजतलास जारी राखेका छन् ।पप्पु कन्टक्शनका लापरवाहीको कारण दुर्घटना भएको भन्दै स्थानिय वासिन्दाले कारबाही गर्न माग गरेका छन् ।