Saturday, 19, September, 2020 info@saipalnews.com

किन सुरु भयो प्रधानमन्त्री र गृहमन्त्रीबीच खटपट ?

काठमाडौ । पूर्वलडाकू लेलिन बिष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसँग २४ घण्टे स्पष्टीकरण लिएपछि दुई जनाबीच खटपट सुरु भएको छ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री थापालाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको खबर छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराधीझैं गरी फर्काइएको थियो।

यो घटनापछि प्रधानमन्त्रीको तीव्र आलोचना भएको थियो। कोइरालालाई विमानस्थलबाट फिर्ता बोलाएको घटना सेलाउन नपाउँदै पूर्वलडाकु बिष्टलाई फिर्ता बोलाइएकोमा भने प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन्। यो घटनापछि ओली र थापाबीच असमझदारी बढ्दै गएको छ।आजको नेपाल समाचारपत्रमा खबर छ।