काठमाडौ । देशभरिका सामुदायिक विद्यालयका ४० हजारभन्दा बढी विद्यार्थी शौचालयविहीन बस्न बाध्य भएका छन् ।
२ हजारभन्दा बढी विद्यालयमा शौचालय नरहेको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरकाअनुसार देशभर ३ हजार ७ सय ७३ वटा शौचालय निर्माण हुन बाँकीछ ।
दुई हजारभन्दा बढी विद्यालयमा सो संख्यामा शौचालय निर्माण गर्न बाँकी रहेको केन्द्रले जनाएको हो । आर्थिक वर्ष २०७४/०७५ को लागि सरकारले १ खर्ब ३४ अर्ब ८० लाख रकम शौचालय निर्माणको नाममा मात्रै छुट्याएको छ ।
सरकारले अघिल्लो वर्ष ४ लाख रुपैयाँ दिने गरेको भएपनि २०७३ सालदेखि ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।