Saturday, 16, October, 2021 info@saipalnews.com

काठमाडौंसहित पूर्वी क्षेत्रमा आज दिनभर वर्षा हुने

काठमाडौ । काठमाडौं उपत्यकासहित पूर्वी नेपालमा आज दिनभर वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य मनसुन चलिरहेको बेला आज काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा दिनभर सामान्यदेखि मध्यम खालको वर्षा हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले तुलनात्मक रुपमा पश्चिम नेपालमा भने पानी कम पर्ने जानकारी दिनुभयो । पानी नपरे पनि आकाशमा बादल भने लागिरहने उहाँले बताउनुभयो ।

यसैबीच, आज, भोली र पर्सी प्रमूख नदीहरूमा बाढीको ठूलो जोखिम नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । आज दिउँसो १२ बजेसम्म गोरखा, लमजुङ, तनहूँ,नवलपरासी, धादिङ, नुवाकोट लगायत जिल्ला भएर बहने केही साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने संभावना भने रहेको शाखाले जानकारी दिएको छ।